एजेन्सी । आईपीएल २०२५ को फाइनल खेल आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र पञ्जाब किंग्स (पीबीकेएस)बीच हुँदैछ । यो खेललाई लिएर दुवै टोलीका फ्यानहरू धेरै उत्साहित छन् ।
यसैबीच, टिभी अभिनेता नकुल मेहताले भने कि यदि आज आरसीबीले जित्यो भने, उनी विराट कोहलीको लागि मन्दिर बनाउनेछन् र विजय माल्याको सबै ऋण पनि चुक्ता गर्नेछन् ।
नकुल मेहताले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । यसमा उनी यसो भन्दै गरेको देखिन्छ–
‘अन्ततः १८ वर्षपछि हामीले कप उचाल्ने दिन आएको छ । श्री १८, निस्सन्देह इतिहासकै उत्कृष्ट आईपीएल खेलाडीले आफ्नो पहिलो ट्रफी उचाल्न लागेका छन् । के तपाईंहरू मेरो साथमा हुनुहुन्छ ? आरसीबी, तीमिले कहिल्यै हार नमान्ने सुन्दरता र आफ्नो धैर्यताको वास्तविक अर्थ सिकाएका छौ । यदि आरसीबीले उपाधि जित्यो भने, म वाचा गर्छु कि म कन्नड सिकेर यो भिडियो फेरि अपलोड गर्नेछु । भैया, म दक्षिण भारतीय नास्ता पनि खान थाल्नेछु । वाई–फाई राम्रो भएको ठाउँमा म जान्छु । तिमीहरु किन यो गर्दैनौ र म यसको लागि सबै गर्छु । म विराट कोहलीको लागि मन्दिर बनाउनेछु, ब्रेकफास्ट, लन्च र डिनरमा मिठो खाना खानेछु । म विजय माल्याको सबै ऋण पनि तिर्नेछु । आज जितेर देखाऊ ।’
नकुलको पोस्टमा फ्यान र सेलिब्रेटीहरूले पनि प्रतिक्रिया दिएका छन् । नकुल मेहताले हालै खुलासा गरेका थिए कि उनी र उनकी श्रीमती जानकीले चाँडै नै आफ्नो दोस्रो बच्चालाई स्वागत गर्नेछन् ।
नकुल टेलिसिरियल ‘इश्कबाज’बाट चर्चामा आएका थिए । उनले ‘बडे अच्छे लगते है’ बाट अवाड पनि जितेका थिए ।










