१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले संवैधानिक निकाय “अख्तियार दुरुपयोग अनुसन्धान आयोग”ले भिजिट भिसा काण्डमा अनुसन्धान थाले पश्चात् मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरुप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डिआईजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालनग गर्ने लगाएतका घट्ना भएको देखिएकोले गृहमन्त्रीले तत्काल राजीनामा दिएर गृह मन्त्रालय मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनु पर्ने पार्टीको धारणा रहेको जनाएको छ ।

रास्वपाले भनेको छ आफैंले स्थापित गरेको नैतिकताको मापदण्डमा चुकेको र कर्तव्यपालनमा लापरवाही देखिँदै गर्दा निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न समेत गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष पार्टी सचिवालयको छ।

बैठकले पार्टी सभापति रवि लामिछानेलाई षडयन्त्रपूर्वक राज्यसंयन्त्र र कानुनलाई अस्त्रिकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल गरेको छ ।

बैठकले “सहकारी वचतकर्ताका करोडौं, अरबौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरु १०(२० लाख धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासतसमेत नबसी अदालतबाट रिहा हुने तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुठा मुद्दा विरुद्ध “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान” अन्तरगत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ ।

बैठकमा पार्टी गतिविधिबारे प्रदेश इन्चार्जहरु सन्तोष परियार (कोशी), मनिष झा (मधेश), लिमा अधिकारी (बाग्मती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदुरपश्चिम) बाट ब्रिफिङ लिई प्रभावकारी गतिविधिका लागि छलफल गर्दै निर्देशन समेत दिएको छ ।

पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा पार्टी सदस्यहरु राजेश तिम्सिना र कमलबाबु मैनालीको पार्टी सदस्यता खारेजी गर्ने र केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गर्ने निर्णय भएको प्रवक्ता ९कार्यवाहक० मनिष झाले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।