११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु



अ+ अ-

काठमाडौँ। निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ ।

आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गर्नुभयो । उहाँले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

“नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भन्नुभयो, “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”

उहाँ नाम निजामती भए पनि अस्पताल सबै जनताको रहेको भन्दै अरु अस्पतालभन्दा यसलाई उत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने बताउनुभयो ।

घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल चिकित्सक डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधीबाट घुँडा प्रत्यारोपण गर्नु नेपालमा पहिलो भएको बताउनुभयो । “अरु प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरिए पनि कम्प्युटर नेभिगेशन प्रविधिबाट पहिलो पटक हो”, उहाँले भन्नुभयो, “यसले बिरामीलाई सहज र चाँडै निको हुने हुन्छ ।”

डा मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका, घुँडा बिग्रिएका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने बताउनुभयो । गत शनिबार र आइतबार चार जना बिरामीको सफल प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभयो ।

शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले गरिएको त्यस अवसरमा जानकारी दिइयो । डा मरहठ्ठाका अनुसार प्रत्यारोपण गर्दा प्लाष्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने उक्त प्रविधिबाट हुने उपचारमा रु तीनदेखि साढे तीन लाख लाग्ने गरेको छ । रासस