२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’



अ+ अ-

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को आज जङ्गी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उहाँले सो आरोहणले दुई राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत गर्ने बताउनुभयो ।

विगतमा नेपाली सेना र भारतीय सेनाद्वारा सन् २००३ र सन् २०१३ मा सगरमाथाको संयुक्त आरोहण सम्पन्न भएको थियो । कञ्चनजङ्घा आरोहण भने संयुक्त सेनाको पहिलो पटक हो । नेपाली सेना र भारतीय सेनाले कञ्चनजङ्घा शिखर आरोहणमा विस्तृत योजनासहित अटुट अनुशासन, अदम्य साहस, संकल्प र उच्चस्तरको समन्वयमार्फत कठिन चुनौती पार गर्दै सहकार्य र मित्रताको अद्धितीय उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले आरोहण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आरोहण दलका सदस्यलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा आरोहण दलका टिम लिडरबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापासमक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो ।

युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले संयुक्त आरोहणबारे संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा भारतीयसेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टीनेन्ट जनरल अजय रामदेवले समेत आरोहण दललाई बधाइ दिँदै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाका १० र भारतीय सेनाका पाँच गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो । उक्त अभियानको विसं २०८१ चैत्र २१ गते भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितीमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणका सदस्य, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो । रासस




भर्खरै