२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताउनुभएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गर्नुभयो । उहाँले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “छलफल गर्दै जाँदा बैठक ७, ८, ९, १०, ११ कति पुग्छ त्यो एउटा विषय हो । माननीय सभापति ज्यूसँग मेरो अपिल र आग्रह के छ भने, यो विधेयकलाई समितिमा लामो समय होल्ड नहुने गरी अगाडी बढ्ने गरी कार्य तालिका बनाऔँ । यसको लागि समग्र परिस्थिति, सबैको अनुकूलता र संसद् बैठकलाई पनि ख्याल गरेर सबै उपलब्ध हुने गरी यो बैठक निरन्तर राखेर विधेयकलाई अगाडी बढाऔँ भन्ने मेरो आग्रह छ ।” 

उहाँले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडी बढाउन आग्रह गर्नुभयो ।




भर्खरै