४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताउनुभएको छ ।

सोमवार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धिको छलफलमा उहाँले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्नेगरी विधेयक ल्याइएको बताउनुभएको हो । डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरु पुरानो ऐनले नचल्ने बताउनु भयो ।

सहसचिव पोखरेलले भन्नुभयो–‘नयाँ विषयहरु डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई अहिलेको पुरानो ऐनले चिन्दैन । त्यसैले बाफिया विधेयकमा ती विषयहरु राखिएको छ । ६७ खर्ब बैंकमा सर्वसाधारणको निक्षेप छ, त्यसैले पनि त्यसलाई संरक्षण गर्नका लागि वाफियाको विधेयक ल्याइएको छ ।’

उहाँकाअनुसार सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर बाफिया ऐन ल्याइएको हो । यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्छ ।