२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई नेकपा शीर्ष नेताहरुले भने : महाअभियोग होइन, अध्यादेशमा छलफल गरेका हौं



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् । आइतबार शीतल निवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ शीतल निवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्दै राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताएका थिए ।

प्रधानमन्त्रीले यस्तो आरोप लगाएको भोलिपल्टै आइतबार नेकपाका शीर्ष नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतल निवास पुगेका हुन् ।

शीतल निवासमा राष्ट्रपतिलाई भेटेर फर्केपछि एक नेताले भने, ‘हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं, पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं । राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै पनि प्रकारका कुनै क्रियाकलापप्रति सम्झौता गरिने छैन ।’