३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई नेकपा शीर्ष नेताहरुले भने : महाअभियोग होइन, अध्यादेशमा छलफल गरेका हौं



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् । आइतबार शीतल निवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ शीतल निवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्दै राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताएका थिए ।

प्रधानमन्त्रीले यस्तो आरोप लगाएको भोलिपल्टै आइतबार नेकपाका शीर्ष नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतल निवास पुगेका हुन् ।

शीतल निवासमा राष्ट्रपतिलाई भेटेर फर्केपछि एक नेताले भने, ‘हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं, पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं । राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै पनि प्रकारका कुनै क्रियाकलापप्रति सम्झौता गरिने छैन ।’