९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

समाज उद्वेलित भएका बेला नेताले नै किन थप्दैछन् आगोमा घ्यू ?

समाज उद्वेलित भएका बेला नेताले नै किन थप्दैछन् आगोमा घ्यू ?
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली समाज अहिले उद्वेलित भएको छ । राजनीतिक दलका शीर्ष नेताहरुमाथि विष बमन भइरहेको छ । शीर्ष नेताहरुको आक्रोसकै कारण व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेको । यस्तो बेलामा नेताहरु संयमित भएर जनताको चाहनाअनुसार काम गर्नुपर्ने हो । तर त्यसो नगरी जनतालाई भड्काउने काम गरिरहेका छन् ।

नेता नेपाली समाजका अगुवा हुन् । तर तिनै अगुवाहरुले नागरिकलाई भड्काउने काम गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई प्रश्न सोध्ने पत्रकारलाई वाईसीएलका कार्यकर्ताले कुटेका छन् । पत्रकारलाई कुटपिट गर्न रोक्नुपर्ने दाहालले त्यसो नगरी उल्टै थर्काउने काम गरेका छन् ।

प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका थिए एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज खड्का । सो कार्यक्रममा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको उनले बताए ।

‘उहाँ गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो’, उनले सुनाए, ‘यो प्रश्न सोध्ने टाइम हो ? भनेर प्रचण्डले गाली गरेरेलगत्ते वाइसीएलहरु ममाथि खनिए ।’ आफूलाई एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ ।

‘करिब २०–२५ जना तिघ्रे मुङ्ग्रे थिए, कोठाभित्र थुनेर मलाई कुटे’, उनी भन्छन्, ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने । मेरो मोबाइल पनि खोसे ।’

प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । शनिबार मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले प्रमुख प्रतिपक्षी दलको नेता हुन् । सरकारले कुनै गलत काम गरेमा त्यसको खबरदारी गर्नुपर्ने दायित्व उनको हुन्छ । तर दाहाल त्यसतर्फ नलागी सरकार ढाल्ने खेलमा छन् । उनी आफूलाई संयमितसमेत बनाउन सकेका छैनन् । कहिले पत्रकार तथा कहिले सर्वसाधारणलाई कुटटि गर्दै उनले जनस्तरमा विश्वास गुमाउँदै गएका छन् ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नागरिकलाई भड्काउने अभिव्यक्ति दिँदै आएका छन् । कहिले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको पूजा गर्ने गरेका छन् त कहिले उनैलाई गाली गरिरहेका छन् । जुनसुकै देशमा पनि राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ । तर नेपालमा प्रधानमन्त्री ओलीले स्वयम्ले शनिबार एक कार्यक्रममा पृथ्वीनारायण शाहको विरोध गर्नुभयो । जबकी यसभन्दा अघि उहाँले शाहकै शालिकमा गएर पूजा गर्नुभएको थियो ।

पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता हुन् भननेमा दुईमत छैन । उनलाई सबैले सम्मान गर्नुपर्छ । तर राजनीतिक स्वार्थका आधारमा एउटै व्यक्ति कहिले राम्रो त कहिले नराम्रो भन्ने प्रवृत्तिले हाम्रो नेतृत्वमाथि पनि शंका गर्नुपर्ने ठाउँ रहन्छ ।

प्रधानमन्त्री र विपक्षी दलका नेता मात्र होइन, अरु राजनीतिक दलका शीर्ष नेताहरु नै बेलाबेलामा भड्काउने अभिव्यक्ति दिँदै आएका छन् । जबकी उनीहरुकै कारण अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको छ । राजावादीहरुको आन्दोलन चर्किंदै छ । यस्तो बेलामा संयमता अपनाउँदै जनतालाई साथमा लिएर व्यवस्थालाई बलियो बनाउन लाग्नुपर्ने नेताहरु जे पाउने त्यही गर्ने र भन्ने अवस्थामा पुगे भने देश नयाँ ध्रुवीकरणमा नजाला भन्न सकिँदैन ।