१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेयसको सानदार ब्याटिङले पञ्जाब आईपीएलको फाइनलमा



Shreyas Iyer (c) of Punjab Kings and Marcus Stoinis of Punjab Kings celebrating win celebrating win during the qualifier 2 mach of the Indian Premier League season 18 (IPL 2025) between Punjab Kings and Mumbai Indians held at the Narendra Modi Stadium, Ahmedabad on the 1st June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL
अ+ अ-

काठमाडौँ । कप्तान श्रेयस अय्यरको अविजित अर्धशतकको मद्दतले पञ्जाब किंग्सले क्वालिफायर–२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएल २०२५ को फाइनलमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गर्दै मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो भने जवाफमा पञ्जाबले श्रेयसको बलियो अर्धशतकीय पारीको मद्दतले १९ ओभरमा पाँच विकेट गुमाएर २०७ रन बनाएर जित हात पार्यो ।

पञ्जाब २०१४ पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । अब, उसले जुन ३ मा अहमदाबादको सोही नरेन्द्र मोदी रंगशालामा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ । आरसीबीले क्वालिफायर–१ खेलमा पञ्जाबलाई नै हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

पाँच पटकको च्याम्पियन मुम्बईको यात्रा क्वालिफायर–२ मा समाप्त भयो । टोलीले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले क्वालिफायर–२ पार गर्न सकेन ।

पञ्जाब र आरसीबीले अहिलेसम्म कहिल्यै आईपीएल ट्रफी जितेका छैनन्, त्यसैले अब प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित छ ।

श्रेयस अय्यरले टोलीलाई जित दिलाए
लक्ष्य पछ्याउने क्रममा पञ्जाब किंग्सको सुरुवात राम्रो भएन र टोलीले केवल ७२ रनमा तीन विकेट गुमायो । यसपछि श्रेयस र नेहल वढेराले चौथो विकेटको लागि ८४ रनको साझेदारी गरे । यस क्रममा श्रेयसले २७ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

श्रेयस र वढेरा बीचको साझेदारी अश्विनी कुमारले तोडेका थिए जसले ४८ रन बनाएपछि वढेरालाई आउट गरेका थिए । यद्यपि, श्रेयस क्रिजमा रहे र १९ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । श्रेयसले ४१ बलमा पाँच चौका र आठ छक्काको मद्दतले ८७ रन बनाउँदै अविजित रहे ।

पञ्जाब किंग्सका लागि प्रियांश आर्यले २०, जोश इन्ग्लिसले ३८ र प्रभसिमरन सिंहले ६ रन बनाए । शशांक सिंह दुई रन बनाएर आउट भए भने स्टोइनिस दुई रन बनाएर अविजित रहे । मुम्बईका लागि अश्विनी कुमारले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले एक–एक विकेट लिए ।

सूर्यकुमार र तिलकले मुम्बईलाई बलियो स्कोरमा पुर्याए
मुम्बईका लागि जोनी बेयरस्टो (३८), तिलक वर्मा (४४) र सूर्य कुमार यादव (४४) ले ठूलो स्कोरको जग बसाले । नमन धीरले पनि १८ बलमा ३३ रन बनाएर टोलीलाई २०० रन पार गरे । रोहित शर्मा (आठ)ले गत खेलमा जस्तै पाएको राहतको अधिकतम सदुपयोग गर्न सकेनन् ।

तेस्रो ओभरमा, अज्मतुल्लाह उमरजाईले काइल जेमिसनको बलमा कठिन क्याच छोडे । यद्यपि, अर्को ओभरमा, रोहितले आफ्नो मनपर्ने पूल शट खेले तर मार्कस स्टोइनिसको बलमा विशाल विजयकुमारले उनलाई क्याच आउट गरे ।

सुरुवाती झट्काबाट विचलित नभई, मुम्बईले प्रति ओभर दस रनको दरले स्कोर गर्न जारी राख्यो । दोस्रो बलमा तिलकले छक्का प्रहार गरे भने बेयरस्टो पनि अर्को छेउबाट आक्रामक खेलिरहेका थिए । दुवैले दोस्रो विकेटको लागि ५१ रनको साझेदारी गरे ।

पावरप्लेमा मुम्बईले छ ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनायो । छैटौं ओभरमा उमरजाईलाई केही उत्कृष्ट स्ट्रोक प्रहार गर्दै बेयरस्टोले १५ रन बनाए । तर अर्को ओभरमा विजय कुमारको बलमा विकेटकिपर जोश इन्ग्लिसले उनलाई क्याच आउट गरे ।

सूर्यकुमार आउने बित्तिकै पञ्जाबले स्पिनर युजवेन्द्र चहललाई बल दियो तर चहलले आफ्नो अन्तिम ओभरमा मात्र विकेट लिन सके । सूर्यकुमारले २६ बलमा ४४ रन बनाए जसमा चार चौका र तीन छक्का समावेश थिए ।

उनले चहलको अन्तिम ओभरको पाँचौं बलमा फ्रन्टफुटमा खेल्ने प्रयास गरे र डीप मिडविकेटमा नेहल वढेराको हातबाट क्याच आउट भए । उनले तिलकसँग तेस्रो विकेटको लागि ७२ रन जोडे ।

दुई बलपछि, तिलक पनि २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ४४ रन बनाएर पभेलियन फर्किए । काइल जेमिसनको बलमा मिडअफमा प्रियांश आर्यको हातबाट क्याच आउट भएपछि उनी फर्किए । मुम्बईका कप्तान हार्दिक पाण्ड्याले १२ बलमा १५ रन बनाए ।

पञ्जाबका लागि उमरजाईले दुई तथा काइल जेमिनसन, विजय कुमार, चहल र स्टोइनिसले एक–एक विकेट लिए ।