१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा विभाजन समाजवादमा विश्वास नगर्नेहरुको चाहना हो- प्राडा.राजीव झा



अ+ अ-

काठमाडौँ । नेपाल चीन मामिलाका एकजना जानकार प्राडा.राजीवकुमार झाले समाजवादमा विश्वास गर्नेहरुले नै नेपालमा नेकपाबाट स्थायीत्व सम्भव भएको भन्दै वर्तमान नेकपाको सरकारको निरन्तरता चाहेको बताएका छन् । उनले भने 'चीन लगायतका देशहरू जसले समाजवादमा विश्वास गर्छन्, उनीहरुले मात्र नेपाल कम्युनिस्ट पार्टीमा विभाजनमा नजाओस् भन्ने चाहेको छन् ।' 

प्राडा. झाले नेकपाको सुदृढ एकता नै अहिलेको नेपालको आवश्यकता हो भने । उनको विश्लेषण छ 'नेपालको संविधानले परिकल्पना गरेको समाजवाद स्थापनाको लक्ष पूरागर्न पनि अहिलेको सरकार आवश्यक छ जसले नेपालमा स्थायित्व प्रदान गर्छ र समावादीहरुको चाहनामा काम गर्न सक्छ । यो सरकारले पनि समाजवादको परिकल्पनालाई साकार पार्न सकेन भने नेपालमा अरु कसको आशा गर्ने र ती आशा गर्ने दिन कहिले आउने ?'   

उनले नेकपाभित्र अझैपनि सहमतिको सम्भावना बाँकी रहेको बताउँछन् । लाखौं कार्यकर्ता र शुभेच्छुक नेकपा विभाजन नहोस भन्ने चाहन्छन् भन्दै  झाले ‘भने- 'चीन लगायत समाजवादमा विश्वास गर्ने देशहरू नेकपा नफुटोस् भन्ने चाहिरहेका छन्, यो कुरा शीर्ष नेताले मनन गरुन् र शुभचिन्तक र सहयोगीहरुको कुरा पनि सुनुन् ।’

देशका दुई कम्युनिस्ट पार्टीलाई मिलाएर एउटै कम्युनिस्ट पार्टी बनाएका नेताहरू व्यक्तिगत महत्वकाङ्क्षामा लागेर इतिहास निर्माण गर्ने अवसरबाट चुक्न नहुने उनको विश्लेषण छ । 

‘तत्कालीन एमाले र माओवादी केन्द्र मिल्दा देशमा कम्युनिस्ट पार्टीले झण्डै दुईतिहाइ बहुमत ल्याउन सफल भए । यसले राजनीतिक स्थायित्व र विकासको चाहना पूरा हुँदैछ,’ झा भन्छन, ‘अहिले शीर्ष नेतामा देखिएको अविश्वास र असमझदारी दोस्रो पुस्तामा पुग्दा विश्वासमा रुपान्तरण हुनसक्छ । विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरू लाग्न जरुरी छ ।’

नेकपाको विभाजनले राजनीतिक स्थायित्व र आर्थिक विकासको जनआकांक्षा पूरा नहुने भन्दै परिवर्तनका पक्षधरले नेकपाको विभाजन रोक्न पहल गर्नुपर्ने उनको विश्लेषण छ । हजारौँ लाखौँ कार्यकर्ता र यो पार्टीलाई देशको पहिलो पार्टी बनाउन संघर्ष गरेकाहरुले पार्टी एक होस् भन्ने चाहना राखेका उनले बताए ।