१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा र दीपक सिंह रिहा, सोमबार उपत्यका बन्द आह्वान



अ+ अ-

काठमाडौं । राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आज पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् ।

राप्रपाका सांसद दीपक सिंह पनि आजै रिहा भएका छन् ।

प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । तर साँझ ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । एक जना भने प्रहरी हिरासतमै छन् ।

राजावादीहरुलाई पक्राउ गरिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।