२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

‘बौद्धिक वर्गले पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्नुपर्छ’

‘बौद्धिक वर्गले पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्नुपर्छ’
file
अ अ+ अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बौद्धिक वर्गले पार्टीको नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा उहाँले एमालेलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरी सहजीकरण गरिदिन बुद्धिजीवी वर्गलाई आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले देशमा समाजवाद स्थापनाको स्पष्ट लक्ष्य लिएको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सार्थन बनाउन बौद्धिक वर्गको सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली ढाँचाको समाजवाद हो, यो ढाँचा निर्माणका लागि बौद्धिक समुदायबाट प्रभावकारी भूमिका खेलिनुपर्छ । नीति, योजना, कार्यक्रम तथा आचरण निर्माणमा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा बौद्धिक वर्गले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास गर्दै आएको बताउँदै एकता र आपसी सद्भावका लागि पार्टी नेतृत्वले सर्वसम्मतिबाट नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले एमालले मिसन-२०८४ को लक्ष्य पूरा गर्न बुद्धिजीवी वर्गको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सबै खालका अस्थिरताको अन्त्यका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेकाले त्यसका लागि मिसन-२०८४ नाम दिएर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले पार्टीका नीति, योजना र कार्यक्रमलाई बुद्धिजीवी वर्गले सुझाव दिइरहनुभएको बताउनुभयो । आइतबारसम्म सञ्चालन हुने अधिवेशनले ९९ कमिटी नयाँ नेतृत्व चयन गर्नेछ । रासस