२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

महामञ्जुश्री कप बास्केटबलमा तीन टोली च्याम्पियन

महामञ्जुश्री कप बास्केटबलमा तीन टोली च्याम्पियन
अ अ+ अ-

काठमाडौं। विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन् ।

महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गल्र्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् । सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनल विल्सन एकेडेमीले टिआईएलाई १७–१४ स्कोरले हरायो ।

गल्र्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०–८ स्कोरले हराउँदै उपाधि उचाल्यो । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडन ब्रिजलाई १०–८ ले हराउन सफल भयो । यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गल्र्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर भए ।

प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गल्र्समा आर्या एकेडेमीले प्राप्त गरेका महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राइजिङ टिमअन्तर्गत सिनियर ब्वाइन क्यानभास, जुनियर ब्वाइज शिसु निकुञ्ज र गल्र्समा नवीनज्योतिले सफलता पाए ।

प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गरेका थिए । महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा लिगकम नकआउट आधारमा दुई दिनसम्म भएको प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो ।

प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले प्रतिस्पर्धा गरेको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न यस किसिमको प्रतियोगिता निरन्तर रूपमा आयोजना गर्ने बताए ।