११ श्रावण २०८३, सोमबार
,
Latest
निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगीको गजलसङ्ग्रह ‘अनुराग’ सार्वजनिक



अ+ अ-

दाङ। साहित्यकार स्मृति योगीको ‘अनुराग’ गजलसङ्ग्रहको आज घोराहीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा उक्त गजलसङ्ग्रह विमोचन गरिएको हो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, साहित्यकार बुनु लामिछानेलगायतले उक्त गजलसङ्ग्रहको विमोचन गर्नुभएको हो ।

उक्त गजलसङ्ग्रहमा विभिन्न विषयसँगै गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको विषयलाई समेत समेटिएको छ ।

साहित्यकार योगीको ‘अनुराग’ गजलसङ्ग्रहमा विभिन्न विषय समेटेर  तयार पारिएका ८० गलज समावेश छन् । समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विभिन्न विसङ्गतीलगाएत कुरालाई ‘अनुराग’मा समेट्ने प्रयास गरिएको छ ।

गजलसङ्ग्रह ‘अनुराग’को साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिलाले समिक्षा गर्नुभएको थियो । उहाँहरुले गजल बाचन गर्दै यसले समाजमा भए गरेका विभिन्न विषय उठान गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा ‘अनुराग’ गजलसङ्ग्रहका लेखक साहित्यकार स्मृति योगीले भन्नुभयो, “अनुरागमा मैले मेरा सपनाहरु समेटेकी छु । मेरा कल्पनाका चित्र कोरेकी छु, मेरो पीडाको मलम अनुरागमै छ । मेरो खुशीको कारण पनि यसमै छ ।”

आफैले भोगका, देखेका, बालापनमा सहेका पीडा, अनुभव गरेका विभेदलगायत विषयलाई समेटे्ने प्रयास गरेको उहाँ बताउनुहुन्छ । घोराही उपमहानगरपालिका–१७ गुलरियाकी योगीको यो पहिलो कृति हो ।

उहाँ तुलसीपुर उपमहानगरपालिका–८ स्थित माध्यमिक विद्यालय अश्वारामा नेपाली सांकेतिक भाषा दोभाषे शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । साहित्यकार योगी राप्ती बहिरा सङ्घ समेत आवद्ध हुनुहुन्छ ।  रासस




भर्खरै