९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागलुङका २९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बागलुङको मुसिखोला ३ का २९ वर्षिय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । 

भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जनाको मृत्यु भएको छ ।