११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो ।

जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने सहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन् र उनी कहिल्यै फेला परेकी छैनन् ।

उनकी आमा राक्वेल ‘केली’ स्मिथलाई सानी केटीलाई अपहरण गरेर बेचेको आरोपमा दोषी ठहर गरिएको छ । रिपोर्ट अनुसार उनले छोरीलाई २० हजार र्‍यान्ड (एक हजार एक सय डलर) मा बेचेकी थिइन् ।

न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया स्मिथ र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाउनुभएको छ ।

ती सबैलाई अपहरणको आरोपमा समानान्तर रूपमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

“म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु”, इरास्मसले फैसला सुनाउनुभयो ।

स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन् ।

उनकी छोरी बेपत्ता हुँदा उनी सुरुमा सहानुभूतिको पात्र बनेकी थिइन्, जसले देशव्यापी व्यापक खोजी अभियान चलाएको थियो ।

जोसलिनको आकर्षक हरियो आँखा, फराकिलो मुस्कान र खैरो चुल्ठोहरू देखाउने फोटोहरूले इन्टरनेटमा बाढी ल्याएको थियो ।

यो मुद्दाले राष्ट्रिय ध्यानाकर्षण गरायो । यसमा एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्‍यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणा गरेका थिए ।

तर अभियोजकहरूले स्मिथले आफ्नी छोरीलाई एक पारम्परिक निको पार्ने व्यक्तिलाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो । त्यो व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे ।

दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ ।