२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आर्थिक वर्षको आय–व्यय अनुमान दोस्रो पटक संशोधन



photo: rss
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ ।

गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नुहँुदै चालु आर्थिक वर्षको सरकारको आय र व्यय संशोधन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएकोमा यसवर्ष वार्षिक विनियोजनको ८९।४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरिएको छ ।

चालु खर्चतर्फ विनियोजनको ८८.५ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ८४.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजनको ९७।.६ प्रतिशत रहने संशोधन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ रू तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन गरेको थियो ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्ष राजस्व परिचालन रू १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ । यसवर्ष रू १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने सरकारको लक्ष्य थियो ।

त्यसैगरी वैदेशिक अनुदान र ऋण प्राप्ति पनि घट्न देखिएको छ । चालु आवका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य रहेकोमा अहिले त्यसलाई संशोधन गरेर रू ३४ अर्ब ८९ करोड बराबर मात्रै वैदेशिक सहायता अनुदान उपलब्ध हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि वैदेशिक ऋण रू एक खर्ब ६९ अर्ब साठी करोड बराबर परिचालन गरिने संशोधित अनुमान गरिएको छ ।