१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयका स्थगित परीक्षा गराउने/नगराउने डेढ साताभित्र निर्णय हुने



त्रिभुवन विश्वविद्यालय
अ+ अ-

काठमाडौँ । विश्वविद्यालयका स्थगित परीक्षाबारे डेढ साताभित्र निर्णय हुने भएको छ।

लकडाउनका कारण चलिरहेको स्नातकोत्तर तह दोस्रो वर्ष, वैशाख १६ गते देखि हुने स्नातक चौथो वर्षको कार्यतालिका भएपनि स्थगित गरिएको परीक्षा र अन्य सेमिस्टारका परीक्षा बारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र निर्णय गर्ने भएको हो।

परीक्षासम्बन्धी गठित समितिबीच अहिले छलफल भइरहेको र अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुने विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय नगरेको जोसीले बताए । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ। त्यसको आधारमा निर्णय लिइने छ।

जोसीले बताएअनुसार तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्‍यो,बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।’

त्रिविको शैक्षिक क्यालेन्डर अनुसार वैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तेस्रो वर्षको, असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौ ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने मिति तोकिएको थियो।

यस वर्ष स्नातकोत्तर प्रथम वर्षको परीक्षा चैत्र ७ गतेदेखि गर्न सबै तयारी समेत भइसकेको थियो। तर, कोरोना महामारीका कारण सबै परीक्षा स्थगित भएको हो। स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छ। स्थगित परीक्षाबारे अहिलेसम्म पनि केही निर्णय नहुँदा त्रिविका विद्यार्थीहरु अन्योलमा छन्। कतिपय विद्यार्थीहरुले परीक्षाको तयारी थालेका छन भने कतिपय विद्यार्थी परीक्षाको पर्खाइमा छन। अनलाइन माध्यमबाट परीक्षा गराउने हल्लाले गाउँ गएका विद्यार्थी झनै तनावमा परेका छन्‌। समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।