१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

बढ्दो आवतजावतले संक्रमण बढायो

बढ्दो आवतजावतले संक्रमण बढायो
अ अ+ अ-

काठमाडौं । लकडाउन कडा हुन्जेल उपत्यकामा संक्रमित निकै थोरै थिए। त्यति बेला उपत्यकामा सहज रूपमा भित्रिन सक्ने वातावरण थिएन। सरकारले असार १ गतेदेखि मोडल परिवर्तन गर्दै लकडाउन खुकुलो पार्यो। त्यसपछि उपत्यकामा आवतजावतमात्रै होइन, संक्रमितको संख्या पनि बढ्न थालेको छ। सोमबार एकै दिन उपत्यकामा ५४ संक्रमित थपिए। उपत्यकाको हकमा एकै दिन भेटिएको यो संख्या हालसम्मकै बढी हो। बढी जनघनत्व भएको ठाउँमा संक्रमण बढ्दा त्यसले भयावह रूप लिने सक्ने अवस्था देखिएको छ।  

उपत्यकामा बढ्दो संक्रमणको मुख्य कारण सवारीसाधनको चाप र मानिसको भिडलाई मानिएको छ। यातायातकर्मी प्रेमबहादुर थापाले उपत्यकामा निजी सवारीसाधन र मानिसको अनियन्त्रित आवतजावतले जोखिम बढाएको बताए। ‘अहिले एकातिर लकडाउन पनि भनिएको छ, अर्कोतिर जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधन चल्न पनि दिइएको छ,’ उनले भने, ‘तर नियम मिच्ने निजी सवारीसाधनलाई कारबाही पनि गरिएको छैन।’ सरकारले जोरबिजोर प्रणालीमा कडाइ गर्न भने पनि ट्राफिक प्रहरीबाट त्यसको पालना हुन नसकेको उनको भनाइ छ।

उपत्यका प्रवेश गर्ने सीमा नाकामा खासै कडाइ छैन। प्रहरीले वडाको सामान्य सिफारिस र कोही चिनजानका मानिसको नाम लिएकै भरमा यात्रुलाई उपत्यका प्रवेश गर्न दिने गरेको छ। कोरोना संक्रमित नदेखिएका बेला लकडाउन कडा पार्नु र संक्रमित बढेसँगै खुला गर्दै जानु सरकारकै लापरबाही रहेको यातायात अधिकारकर्मी नरेन्द्र चुदालीको बुझाइ छ। उनले सीमा नाकामा केही समय अझै कडाइ गर्नुपर्ने आवश्यकता औंल्याए। ‘उपत्यकाका सबै नाकामा झारा टार्नेखालका जाँच भइरहेका छन्, संक्रमितको संख्या बढिरहँदा ती नाकामा भइरहेको निगरानी सन्तोषजनक छैन,’ उनले भने, ‘यो उपत्यकाको स्थिति भयावह बन्ने संकेत हो।’  

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहले सीमा नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको बताए। पास लिएर पनि उपत्यकामा प्रवेश गर्नेको संख्या बढिरहेकाले जोखिम देखिएको हुन सक्ने उनले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले उपत्यकाका नाकाबाट दैनिक पाँच हजार सवारीसाधन उपत्यका बाहिरिने र त्यति नै संख्यामा भित्रिने गरेको जानकारी दिए। ‘उपत्यका भित्रिने गाडीमा यात्रुवाहक मात्र पर्दैनन्, अत्यावश्यक सामग्री बोक्ने पनि पर्छन्,’ उनले भने। उनका अनुसार यात्रुवाहकबाहेक करिब आठ सयवटा टिपर र अत्यावश्यक सामग्री बोकेका १२ सय सवारीसाधन उपत्यका प्रवेश गर्छन्। उपत्यका भित्रिने सवारीसाधनमध्ये तीन÷चार सयवटाले मात्रै पास लिएका हुन्छन्। पछिल्लो समय दैनिक १५ सयदेखि दुई हजार सवारीसाधनलाई लकडाउन उल्लंघनकै कारण कारबाहीमा पर्ने गरेको उनको भनाइ छ।

मास्क नलाई घरबाहिर निस्के कारबाही
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृह मन्त्रालयले मास्कबिना ओहोरदोहोर गर्न रोक लगाएको छ। सोमबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न भनेको हो।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई नियम मंगलबारदेखि देशैभर कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ। पक्राउ परेकालाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही अघि बढाउने जनाइएको छ।  

मन्त्रालयका सूचना अधिकारीले रोग सार्ने डरका कारण यस्तो निर्णय गरिएको बताए। ‘कोरोनाबाट बच्ने न्यूनतम साधन मास्क पनि हो,’ उनले भने, ‘त्यसैले गृहले यस्तो निर्णय गरेको हो।’

उनका अनुसार लामो यात्रा गर्दा, कार्यालयमा बस्दा र सडकमा निस्कँदा अनिवार्य मास्क लगाउने गृहले आग्रह गरेको छ। यसबाहेक भेटघाट वा छलफल हुँदा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।