४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी सडक निर्माणमा भारतको अवरोध



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले पटक-पटक अवरोध गर्दै आएका छन्।  भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा उक्त क्षेत्र भारतको भू-भागमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका हुन्। 

'बाटो खन्ने बेलामा पनि अवरोध गरे, सडकमा ग्राभेल गर्ने बेला पनि अवरोध गरे। अहिले सडक कालोपत्रे गर्न खोज्दासमेत निर्माणमा अवरोध पुर्‍याइरहेका छन्', बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले भने, 'सडक निर्माणको सुरुदेखि नै भारतीय पक्षले ४-५ पटक अवरोध गरिसके।'  सडक कालोपत्रे तयारी भइरहँदा आइतबार भारतीय सुरक्षाकर्मीसहित त्यहाँका स्थानीयले सडक निर्माणमा हस्तक्षेप गरेका हुन्।

साझ ५ बजेतिर उक्त क्षेत्रका डिएमसहित उच्च प्रहरी अधिकारी, भारतीय सञ्चारकर्मी र भारतीय नागरिक आई अवरोध पुर्‍याएको वडाध्यक्ष रानाले बताए। 'हामीसँग लालपूर्जा भएको जग्गा भारतीय पक्षले आफ्नो दाबी गर्दै सडक बनाउन दिएका छैनन्', रानाले भने, '३८ नम्बर पिल्लरदेखि अगाडि १२ सय मिटर भू(भाग भारतले आफ्नो दाबी गर्दै आएको छ।'  

आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ। उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ। जिपिएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी गर्ने भारतीय पक्षले कञ्चनपुरको दक्षिणी क्षेत्रमा धेरै ठाउँमा नेपाली भूमि कब्जा गरेको र गर्न खोजेको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले सडक अवरोधका विषयमा मंगलबार भारतीयसँग छलफल गरेर समाधान खोजिने बताए।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।