१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । संघीय संसद्को संयुक्त सदनमा आज प्रस्तुत हुने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै ३ बजे संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।