१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने



अ+ अ-

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ ।

हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन  गर्दै नगद मौज्दात अनुपात  ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो ।

केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्नेछ ।

कुल निक्षेपको कुल चार प्रतिशत राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग वर्गका संस्थाहरुले अनिवार्य रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्टयाउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रिय बैंकमा राख्दै आएका छन् ।

अब भने केन्द्रिय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्नेछ । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।