४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएनडिपीद्वारा सगरमाथा आरोही शाकिल र श्रेष्ठ सम्मानित



अ+ अ-

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।

बुधवार ललितपुरमा एक कार्यक्रका बीच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको हो भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रच्नुभएको छ । उहाँ एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बन्नुभएको छ ।

प्लास्टिक प्रदुषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढ्नुभएका दुवैले हिमालका समस्याहरुलाई सरकारले विकासका एजेण्डासँग जोड्न आवश्यक रहेको बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै उहाँहरुले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताउनु भयो ।

सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उहाँहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले हिमालका समस्याहरुलाई सरकारको विकासको एजेण्डासँग जोड्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युएनडिपीको हिमालको संरक्षण गर्नको लागि उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेण्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ ।’

उहाँले मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो ।