२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“ शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल १”

आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।