२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखाको जवाफ : आन्दोलनले रोक्दैन नाटक, ‘मीरा’ तय समयमा नै मञ्चन हुन्छ



अ+ अ-

काठमाडौं। सिनेमा क्षेत्रमा साढे दुई दशक बिताएकी अभिनेत्री रेखा थापा नाटक ‘मीरा’ मार्फत रंगमञ्चमा डेब्यू गर्दैछिन्। नाटक वैशाख १५ गते बिहीबारदेखि मञ्चन हुँदैछ।

उक्त दिन रेखा आबद्ध राप्रपाले राजधानीमा आन्दोलन गर्ने भएपछि फिल्म ‘महाभोज’को प्रदर्शन मिति सारिएको छ। आन्दोलनले जनजीवन प्रभावित पार्न सक्ने भन्दै फिल्म टिमले प्रदर्शन स्थगन गरेको हो।

‘महाभोज’ले प्रदर्शन रोक्दै गर्दा रेखा भने नाटक रिहर्सल गर्दैछिन् । आन्दोलन र फिल्म स्थगनबारे भन्छिन्, ‘हरेक मान्छेले आफ्नो व्यवसाय गर्न पाउनुपर्छ । आन्दोलन पनि व्यवसायी मजदुर वा देशका विभिन्न तह र तप्काका मनिसकै लागि गर्न खोजिएकै होला । आन्दोलनले कुनै व्यवसायलाई असर पार्नुहुँदैन ।’

कसैलाई असर पर्ने गरी आन्दोलन गर्नु नहुने उनको बुझाइ छ । भन्छिन्, ‘बाटो हिँड्ने बटुवालाई पनि असर गर्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’ उनले नाटक तोकिएको मितिमै मञ्चन हुने स्पष्ट पारिन्, “नाटक किन नहुने? म त मितिमै मञ्चन गर्छु।”