२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरिक्षकमा शैलेश थापा क्षेत्री नियुक्त, २२ महिना प्रहरीको कमाण्ड सम्हाल्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षत्री नियुक्त  हुनु भएको छ । मंगलबार साझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा भएपनि सरकारले पहिलो नम्बरमा रहेका क्षेत्रीलाई प्रहरी महानिरिक्षकमा  नियुक्त गर्ने निर्णय गरेको हो । बर्तमान प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीकोे पदाबधी बुधबार सम्म रहेको छ त्यसपछि नेपाल प्रहरीको कमाण्ड थापाले सम्हाल्नु हुनेछ ।   

हाल थापा मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत हुनहुन्छ । 

 ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् । ज्ञवालीसहित एक एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।