१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरिक्षकमा शैलेश थापा क्षेत्री नियुक्त, २२ महिना प्रहरीको कमाण्ड सम्हाल्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षत्री नियुक्त  हुनु भएको छ । मंगलबार साझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा भएपनि सरकारले पहिलो नम्बरमा रहेका क्षेत्रीलाई प्रहरी महानिरिक्षकमा  नियुक्त गर्ने निर्णय गरेको हो । बर्तमान प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीकोे पदाबधी बुधबार सम्म रहेको छ त्यसपछि नेपाल प्रहरीको कमाण्ड थापाले सम्हाल्नु हुनेछ ।   

हाल थापा मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत हुनहुन्छ । 

 ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् । ज्ञवालीसहित एक एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।