११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा उद्धार अभ्यास प्रदर्शन



अ+ अ-

काभ्रेपलाञ्चोक। नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ ।

नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेँसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको श्री मेहर गण, त्रिनेत्रदल गण र श्री इन्द्रध्वज गणले सहभागिता जनाएका थिए ।

उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला एवं स्थानीय स्रोत–साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो । यी प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताललगायत स्थानीय तहले सहभागिता जनाएका थिए ।

काठमाडौँ उपत्यका पृतनापति उपरथी विष्णु राउतले विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यूनीकरण गर्न तालिम अभ्यास प्रभाविकारी हुने बताउनुभयो । उहाँले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेकाले सबैपक्ष जोखिम न्यूनीकरणमा सतर्क रहनुपर्ने उल्लेख गर्नुभयो ।

“फस्र्ट रेस्पोन्डर घटनास्थल नजिकको समुदाय नै हो, समुदायलाई सचेतना गराइ यसबारे तालिमसमेत दिनुपर्छ”, उहाँले भन्नुभयो । बाहिनीपति निर्जलबहादुर अधिकारीले अव्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै गएको बताउनुभयो ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्तरुपमा बर्सेनी मनसुनअघि इन्द्रावती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएका छन् । रासस




भर्खरै