काठमाडौं। लोक सेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय गरेको परीक्षा स्थगित गरेको छ।
नेकपा एमाले र राजावादीले गर्ने भनिएको प्रदर्शनका कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आयोगले परीक्षा सार्ने निर्णय गरेको हो। उक्त दिन नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरूका लागि परीक्षा तोकिएको थियो, जसमा करिब ५ हजार जनाले दरखास्त दिएका छन्।












