२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल महिलालाई निःशुल्क बाख्रा वितरण



अ+ अ-

झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१  असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताए । 
पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

वृद्धवृद्धा सम्मानित 
गाउँपालिका क्षेत्रका एक सय वृद्धवृद्धालाई सम्मान गरिएको छ । सामाजिक संरक्षण कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो । तिनलाई हर्लिक्स, थर्मस, छाता, कम्बललगायत सामाग्री वितरण गरिएको सहजकर्ता केसीले बताउनुभयो । सो कार्यक्रमका लागि रु तीन लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै कार्यक्रममार्फत गौमुखी क्षेत्रका ७ वडामा तीन वटाको दरले २१  प्लाष्टिक टनेल, दुई नर्सरी स्थापना, सात उत्कृष्ट कृषकलाई सम्मानलगायत कार्यक्रम गरिएको थियो । त्यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका १६ कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई सहयोग पुर्याउने उदेश्यले प्लाष्टिक टनेल वितरण गरिएको सहजकर्ता हेमराज अधिकारीले बताए । यसको प्रयोगले मौसमी तथा बेमौसमी तरकारी खेती गरी व्यावसायिक कृषक बन्नका लागि भूमिका खेल्ने उनको भनाइ छ ।