१५ असार २०८३, सोमबार
,
Latest
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रको विपत् व्यवस्थापन टोली बाजुरामा



अ+ अ-

बाजुरा । बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

बूढीगङ्गा –१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र  सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ ।