२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः मन्त्री पन्त



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गर्नुभयो । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गर्नुभयो ।

मन्त्री पन्तले भन्नुभयो, ‘युवा पुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ । त्यसैले मुल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इण्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले शुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेण्ट नै बनाउन लगाएँ । हामीले यहँँ प्राइभेट लगानी बन्द गरेर जानसक्छौँ ? बुद्धिजीवि साथीहरु, प्राज्ञहरु घाँस नखानुहोस् । घाँस खान खोज्ने हो भने राजनीतिज्ञहरुले घाँसै खुवाएर राख्छन् । घाँस नखाने अठोट हामीले गर्ने हो । बुद्धिजीवले गर्ने हो । डिन, रेक्टर चाहिन्छ भने दौडधुप गर्न थालेर लौ न बनाइदेउ भनेपछि उनीहरुले के खोज्छन् । लौ न सर भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री तपाईंको आउने परिस्थिति निर्माण गर्नुस् न ।’

मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।