१५ असार २०८३, सोमबार
,
Latest
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा



अ+ अ-

भीमदत्तनगर । दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको जानकारी आए पनि अवस्था सामान्य रहेको बताए ।

“भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल छेउको प्रहरीचौकीमा पनि पानी जम्मा भएको खबर आएको छ,” उनले भने, “निकास नहुँदा जलमग्न भए पनि क्षति भएको छैन ।” बजारको उत्तरतर्फका खोला, खहरे होला मासिँदा  पछिल्ला वर्षमा डुबानको समस्या हुँदै आएको छ । 

कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा हुँदै आएको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानीमा डुबानमा परेका केही घरका स्थानीयवासीलाई सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको छ । स्थानीयवासीलाई उद्धार गरी स्थानीय राधाकृष्ण मन्दिर परिसरमा व्यवस्थापन गरिएको भीमदत्तनगरपालिका कार्यालयले जनाएको छ ।