२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैनः सांसद चौधरी



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पार्नुभयो । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । जुन सबभन्दा बढी गर्नुपर्ने कुरा हो यो । अहिले यहाँ कुरापनि उठ्यो आज हाम्रा साना, मझौला, माइक्रो त्यसको राइट मानिसहरुको हातमा गइरहेको छैन । एकातिर क्यापिटल प्mलो नहुने जति भइरहेको छ जाम भएर बसेको छ । १० वर्षको दौरानमा नयाँ उद्यमीहरु जन्मुन् भनेर सरकारले धेरै योजनाहरु ल्याएको छ तर त्यो कुनैपनि सफल भएन । योजना आयोगदेखि प्रधानमन्त्रीको कार्यालयसम्म अफिसहरु बसे । नेपाल राष्ट्र बैंकले एकपटक १० लाखदेखि ३० लाखसम्मको पुँजी दिएर नयाँ उद्यमी जन्माउने योजना ल्यायो । तर, त्यो पनि सजिलो बाटो खोजिनाले सफल हुन सकेन । बैक भनेको त अर्थतन्त्रको इन्जिन हो । बैंकको काम भनेकै के ग¥यो भने अर्थतन्त्र चलायमान हुन्छ । आज यस्ता बैंकहरुपनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरु बोर्डमै बस्दैनन् । प्रोफेसनल मानिसहरु राखेर चलाइरहेका छन् र ती बैंकहरु अब्बल ढंगले चलिरहेका छन् । तर जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पूँजी छैन तर सबैभन्दा भ्रष्ट बैंकहरु पनि तिनै छन् । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरुको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ ।’

उहाँले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको बताउनु भयो ।