४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

नेपाल लोकतान्त्रिक परिवर्तन, स्थायित्व, शान्तिपूर्ण संक्रमण र आर्थिक समृद्धिमा अग्रसर छ

एशिया सभ्यता र संस्कृतिका विविधताको थलो हो, जसमा विश्वको दुई तिहाइ जनसंख्या बसोबास गर्छ। त्यसैले एशियाको स्थायित्व र समृद्धिले विश्वकै शान्ति र समृद्धिमा ठूलो योगदान दिन्छ।

नेपाल लोकतान्त्रिक परिवर्तन, स्थायित्व, शान्तिपूर्ण संक्रमण र आर्थिक समृद्धिमा अग्रसर छ
अ+ अ-

सर्वप्रथम, चीनको कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) लाई यो महत्वपूर्ण संवाद कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दछु। साथै, हामीलाई एउटै मञ्चमा उभ्याएर हाम्रो साझा भविष्य निर्माणको विषयमा विचार आदान–प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा आयोजकको सराहना गर्दछु।

विश्व राजनीतिक, आर्थिक, प्रविधिक र पर्यावरणीय दृष्टिले तीव्र गतिमा परिवर्तन भैरहेको समयमा हामी यहाँ उपस्थित भएका छौं। एकातिर प्रविधि र विप्रतिस्पर्धाले नयाँ चुनौतीपूर्ण परिस्थिति ल्याइरहेको छ भने अर्कोतर्फ अस्थिरता, द्वन्द्व, सत्ता संघर्ष र विश्वव्यापी ध्रुवीकरणले हाम्रो साझा भविष्यमा गम्भीर असर पर्ने खतरा छ।

यस परिस्थितिमा चिनियाँ राष्ट्रपती सी जिनपिङको “एउटै डुङ्गामा बसेर सँगै अघि बढौं” भन्ने भावनाले उज्वल भविष्य निर्माणको हाम्रो संकल्पलाई बलियो बनाएको छ। नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, साझा संस्कृति, परस्पर विश्वास, आपसी समझदारी र सहकार्यमा आधारित छ।

यी सम्बन्धहरू राजनीतिक, आर्थिक र कूटनीतिक क्षेत्रमा विस्तारित छन्, जसको सकारात्मक चरित्र आपसी सहयोग र समझदारीमा जोडिएको छ। हामीले चीनको सार्वभौमसत्ता र ‘एक चीन’ सिद्धान्तको निरन्तर समर्थन गर्दै आएका छौं।

सहकार्य र साझा समृद्धिको आधारमा हाम्रो सम्बन्ध मजबुत हुँदै आएको छ। नेपाल र चीन दुबैले विकास र समृद्धिका लागि साझा सहयोगलाई प्राथमिकता दिएका छन्। नेपालको लोकतान्त्रिक परिवर्तन, स्थायित्व, शान्तिपूर्ण संक्रमण र आर्थिक समृद्धिमा अग्रसर छ।

यस यात्रामा चीनको कम्युनिष्ट पार्टीको ऐतिहासिक सिकाइ र अनुभव हाम्रो लागि मूल्यवान् मार्गदर्शक बनेको छ। ‘चीन विशेषतासहितको समाजवाद’ले चीनलाई आर्थिक, सामाजिक, सांस्कृतिक र प्रविधिक क्षेत्रहरूमा अभूतपूर्व सफलतामा पुर्‍याएको छ।

नयाँ युगको लागि सी जिनपिङ विचारधाराको आलोकमा चीनले आधुनिक समाजवादी राष्ट्र निर्माण गर्न प्रयत्न गरिरहेको छ। चीनले प्रस्तुत गरेको ‘नयाँ युगको समाजवाद’ दृष्टिकोणले मानवीय मूल्य, पारदर्शिता, भ्रष्टाचार विरोध, सुशासन, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय उत्तरदायित्वको प्रवर्द्धन गरेको छ।

यसले असमानता र विभेदलाई समाप्त गर्न ठूलो योगदान दिएको छ। यी सबै पक्षहरू विकासोन्मुख राष्ट्रहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। नेकपा (एमाले) ले पनि आफ्नै परिस्थिति र सामाजिक–आर्थिक विकासको यात्रा तय गर्दै आएको छ।

स्व. मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले समावेशी समाज निर्माणको आधार प्रस्तुत गरेको छ। यो अवसरमा नेकपा (एमाले) का तत्कालीन महासचिव स्व. मदन भण्डारीले चीनको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिका सम्झन्छु।

वर्तमान राजनीतिक परिप्रेक्ष्यअनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा अग्रसर छ। विकासको लागि व्यवस्थापन, सूचना र क्षमता वृद्धि आवश्यक छन् भन्ने हाम्रो विश्वास छ। नेकपा (एमाले) र चीनको कम्युनिष्ट पार्टीबीचको सम्बन्ध केवल कूटनीतिक औपचारिकता होइन, यो व्यवहार, रणनीति र विचारको सहकार्य हो।

विगत केही दशकमा चीनसँग भएको उच्चस्तरीय भ्रमण, प्रशिक्षण, कार्यशाला, नीतिगत संवाद र पार्टी–पार्टी सम्बन्धले दुवै पक्षलाई अनुभव सम्पन्न बनाएको छ। आज हामी क्षेत्रीय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा गम्भीर अध्ययन र साझा समझदारीको अभ्यासका लागि एकअर्कासँग सिक्ने, सुधार गर्ने र सक्षम बन्ने प्रक्रियामा छौं।

हामी सधैं चीनसँगको सम्बन्धलाई ‘साझा भविष्य निर्माणको साझेदारी’को रुपमा हेर्छौं। चीनको कम्युनिष्ट पार्टीले छिमेकी राष्ट्रहरूप्रति स्थायित्व, सुरक्षा, समृद्धि, सुन्दरता र मैत्रीपूर्ण घर निर्माणको दृष्टिकोण प्रस्तुत गरेको छ, त्यसको प्रशंसा गर्दछु।

एशिया सभ्यता र संस्कृतिका विविधताको थलो हो, जसमा विश्वको दुई तिहाइ जनसंख्या बसोबास गर्छ। त्यसैले एशियाको स्थायित्व र समृद्धिले विश्वकै शान्ति र समृद्धिमा ठूलो योगदान दिन्छ।

चीनले साझा भविष्यको आदर्शसँग शान्ति, सहयोग, खुलापन र आपसी साझेदारीको एशियाली मूल्यहरूलाई अंगिकार गर्दै आएको छ। यी दृष्टिकोणहरू छिमेकी राष्ट्रहरूसँगको साझा दृष्टिकोणसँग मिल्दोजुल्दो छन् र एशियाली विकासको लागि मार्गचित्र कोरेका छन्।

राष्ट्रपति सी जिनपिङले “जब एशिया समृद्ध हुन्छ, संसार समृद्ध हुन्छ” भन्ने कुरामा जोड दिँदै आउनु भएको छ। यस अवधारणाले छिमेकी राष्ट्रहरूसँगको साझा भविष्यको विश्वासमा दृढता थपेको छ। हामी सबैले मिलेर एशियालाई शान्ति, विकास र आपसी सहयोगको केन्द्र बनाउने लक्ष्यमा अघि बढ्नुपर्छ।

हामी फरक–फरक मुलुक हौं, तर साझा भविष्यको लागि अभिन्न छौं। त्यसैले हामीले मार्गदर्शनका लागि साझा दृष्टिकोण अपनाउनुपर्छ। हाम्रो विश्वास छ, एशियाली मुलुकहरूबीचको सहकार्य एउटा सकारात्मक शुरुवात हो।

यस संवाद कार्यक्रम केवल बैठक होइन, भविष्य निर्माण प्रक्रियाको महत्वपूर्ण थलो हो। हामी चाहन्छौं, यस्ता संवादहरू गहन र प्रभावशाली बनुन् – जहाँ नीतिगत समन्वय, खुला बहस, अनुभव आदान–प्रदान र क्षेत्रीय पहलहरूको समिक्षा गरियोस्।

यसले हामीलाई न केवल राष्ट्रियस्तरमा, तर अन्तर्राष्ट्रिय रुपमा पनि जिम्मेवार र प्रभावशाली राजनीतिक शक्ति बनाउँछ।

हामी भविष्य निर्माणको महत्त्वपूर्ण आयामहरूमा सहकार्य विस्तार गर्न सक्छौं:

पहिलो, संवाद संरचनालाई संस्थागत गर्न आवश्यक छ। पार्टी–पार्टीबीच उच्चस्तरीय संवाद र विषयगत क्याम्प, तालिम, राजनीतिक प्रशिक्षण आदि सहकार्यले व्यवहारिक साझेदारी बलियो बनाउँछ।

दोस्रो, युवा पुस्ता र कार्यकर्ताबीच अन्तर्क्रिया बढाउनु आवश्यक छ। युवा भविष्यका नेतृत्वकर्ता हुन्। यदि हामीले उनीहरूलाई विचार, कार्यपद्धति र अन्तर्राष्ट्रिय दृष्टिकोणमा सशक्त बनाउन सकेौं भने दीर्घकालीन रुपमा हाम्रो सम्बन्ध अझ प्रगाढ र दिगो हुन्छ।

तेस्रो, क्षेत्रीय स्थायित्व र उत्तरदायित्वमा राजनीतिक दलहरूको भूमिका औपचारिक रुपमा स्थापित गर्नुपर्छ। द्वन्द्व समाधान, राजनीतिक उत्तरदायित्व, जलवायु संकटको समाधान, आप्रवासी समस्याजस्ता विषयहरूमा दलहरूको भूमिका स्पष्ट हुनुपर्छ।

यो सम्मेलन, यस्ता विषयमा साझा दृष्टिकोण र कार्ययोजना निर्माण गर्ने केन्द्र बन्न सक्छ भन्नेमा विश्वास लिएको छु।

अन्त्यमा, चीनको कम्युनिष्ट पार्टीलाई पुनः धन्यवाद दिन चाहन्छु, जसले यस्तो दूरदर्शी विषयमा संवाद आयोजना गरेर हाम्रो साझेदारीलाई थप उच्च बनाउन सफल भएको छ।

नेपाल–चीन मित्रता अमर रहोस्।
साझा भविष्य निर्माणको हाम्रो संकल्प सफल रहोस्।

धन्यवाद।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी  बेइजिङमा तेस्रो कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) द्वारा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण–राजनीतिक दलहरूको भूमिका’ विषयक संवाद कार्यक्रम
व्यक्त बिचारको पूर्णपाठ