२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई शिक्षाको हब बनाउनुपर्छः सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बतानुभएको छ ।

सोमवार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताउनु भयो । उहाँले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु  भयो ।

सभापति देउवाले भन्नुभयो, ‘नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसावले होला, कतिपय आमा बुबाले छोराछोरी विदेश पढ्न पठाउँछन् । त्यसकारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउनसक्यो भने हाम्रो देशको विद्यार्थी विदेश जानबाट रोकिन्छन् । हाम्रो देश सुन्दर छ । हावापानी सबैले । विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन् । त्यसको लागि नेपाल शिक्षाको हब बन्नसक्छ । त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिनसक्यौँ भने, त्यस्तो एजुकेसन दिनसक्यो भने नेपालमा विदेशी विद्यर्थी नेपाल आउन सक्छन् । नेपाल नै शिक्षाको हब बन्नसक्छ । अहिलेको बेला शिक्षा नै महत्वपूर्ण कुरा हो । शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’

सभापति देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताउनु भयो । नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।