१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न माओवादीको सुझाव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्ने बताउदै उनले भने, ‘छानबिनमा पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् भनेर पनि गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’

यस्तै, बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने समेत निर्णय गरेको छ ।