१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही



अ+ अ-

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी हुन् ।

आइतबार दिउँसो भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ ।

उनको शरिरमा बाहिरी कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विशेदमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको बताइएको छ ।

शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।