सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बुधबार साँझ जिल्लाको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा ना ४ च ५२८५ नं को जिप दुर्घटनामा भएको हो ।
सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको पचारका लागि खुर्कोट अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वडा नं ५ कै घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो ।