२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले जित्यो वुमन्स च्याम्पियन्स लिगको उपाधि



अ+ अ-

काठमाडौँ । युइएफए वुमन्स च्याम्पियन्स लिग फुटबलको उपाधि आर्सनलले जितेको छ ।

गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा साविक विजेता बार्सिलोनालाई १–० गोलले हराउँदै आर्सनल च्याम्पियन बनेको हो ।

आर्सनललाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल स्टिना ब्लाकटेनियसले गरिन् । उनले खेलको ७४ औं मिनेटमा गोल गरेकी हुन् ।

आर्सनलको यो दोस्रो उपाधि हो । यसअघि आर्सनलले २००६–०७ मा उपाधि जितेको थियो । लियोन क्लब प्रतियोगिताको सर्वाधिक सफल टोलि हो । उसले ८ पटक उपाधि जितेको छ ।