२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले जित्यो वुमन्स च्याम्पियन्स लिगको उपाधि



अ+ अ-

काठमाडौँ । युइएफए वुमन्स च्याम्पियन्स लिग फुटबलको उपाधि आर्सनलले जितेको छ ।

गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा साविक विजेता बार्सिलोनालाई १–० गोलले हराउँदै आर्सनल च्याम्पियन बनेको हो ।

आर्सनललाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल स्टिना ब्लाकटेनियसले गरिन् । उनले खेलको ७४ औं मिनेटमा गोल गरेकी हुन् ।

आर्सनलको यो दोस्रो उपाधि हो । यसअघि आर्सनलले २००६–०७ मा उपाधि जितेको थियो । लियोन क्लब प्रतियोगिताको सर्वाधिक सफल टोलि हो । उसले ८ पटक उपाधि जितेको छ ।