११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त



अ+ अ-

काठमाडौँ । लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।

शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्नुभयो । उहाँले रामायण र महाभारतका नारी पात्रहरुको बारे लेखिएको पुस्तकहरुको अध्ययन गर्न समेत आग्रह गर्नुभयो । लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा उहाँको जोड छ । उहाँले समसामयिक समाजको सही अध्ययन र वैदिक ज्ञानको गहिरो बुझाइ नै गुणस्तरीय साहित्यको आधार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लेख्नेहरुले अध्यात्मको बारेमा लेख्नुस्, वैदिक साहित्यको बारेमा लेख्नुस् । हामीले महाभारत र रामायणका नारी पात्रका बारेमा लेखिएका थुप्रै उपन्यास तथा कृतिहरु पढ्नुपर्छ । लेखकले पढ्ने भनेको दुईवटा कुरा हो एउटा आफू बाँचिरहेको समाज पढ्ने हो । अर्को, आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो । त्यसकारण राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ ।’

राम्रो लेखक हुनलाई राम्रो पाठक पनि हुनुपर्ने मन्त्री पन्तको भनाइ छ ।