९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह

देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरु बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताउनु भयो । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गर्नुभयो । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको बताउनु भयो । नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् । त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो । प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको ? संघर्ष गरेर अधिकार आयो । अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेण्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ ।’

उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।