९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
अ अ+ अ-

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चार तथा सूचना मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा आज पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकार भएकाहरुसँगको छलफलमा उहाँले आम स्रोता दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौतीको सामना गर्दै राष्ट्रियहित प्रवद्र्धन गर्ने विषय विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएका बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन यसमा सबैको ध्यान जानुपर्दछ । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिहेको छ । “सबै जनताले सूचना पाउने कुराको ग्यारेन्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ ।” सरकारी सञ्चारमाध्यमको विकासका लागि नयाँ ढङ्गबाट जाने योजनामा आफू रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताउनुभयो । उहाँले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

देशको आर्थिक विकासको महत्वपूर्ण स्रोत जलसम्पदाको भरपुर उपयोग गरी विद्युत् उत्पादन गरेर आर्थिक रुपमा सबल हुन सरकार निरन्तर क्रियाशील रहेको बताउँदै बितेका ३५ वर्षमा मुलुकका ९८ प्रतिशत जनताका घरमा बिजुली पुगेको वास्तविकता सुनाउनुभयो ।

सचिव राधिका अर्यालले नयाँ प्रविधिको सञ्चार तथा सूचना प्रविधि (आइसिटी)को विकासले पत्रकारिता पेसा जटिल मोडमा पुगेको बताउनुभयो । “को पत्रकार हुने ? के योग्यता हुने ? सञ्चारमाध्यम के हुन् र समाचारका विषयवस्तुमा प्रश्न उठ्न थालेका छन्”, उहाँले परम्परागत सञ्चारमाध्यमलेभन्दा ‘न्यू मिडिया’ले नवीन विषय सार्वजनिक गर्ने भएकाले व्यावसायिक रुपमा उनीहरुलाई टिक्न कठिन भइरहेकोतर्फ सङ्केत गर्दै प्रश्न गर्नुभयो ।

त्यसअवसरमा सञ्चारिका समूह गण्डकीले स्थापना गरेको ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०८०’ बाट राससकर्मी जमुना शर्मालाई नगद रु २० हजार प्रदान गरिएको थियो । यसैगरी, १० हजार राशिको ‘गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्ड’ पत्रकार देवी जिसीलाई प्रदान गरिएको थियो । रासस