३१ भाद्र २०८३, बुधबार
,
Latest
काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’ शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी आज चीन भ्रमणमा जाँदै, उच्चस्तरीय भेटवार्ता हुने



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लाग्नुभएको हो ।

भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा टोलीमा १५ सदस्य रहने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि टोलीमा हुनुहुन्छ ।

भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लाग्नुभएको हो ।

चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा पूर्वराष्ट्रपति चीन जान लाग्नु भएको हो । भ्रमणमा उच्चस्तरीय भेटघाट हुने उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग हुने भण्डारीको भेटवार्तामा एमालेसँग सम्बन्ध विस्तारबारे कुराकानी हुनेछ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहनुभएको छ । उहाँ भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।

भण्डारीको भ्रमण टोलीमा को को ?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले

२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति

३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले

४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले

५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य

६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)

१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल

१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन

१३. मधु शाही, क्याप्टेन, नेपाली सेना

१४. सरस्वती जिरेल, निजी सुरक्षा




भर्खरै