२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने थुनामै रहने भएपछि रास्वपाले बोलायो आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । सभापति रवि लामिछाने तत्काल थुनामै रहनुपर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ ।

सर्वोच्च अदातलते लामिछानेलाई हिरासत मुक्त गर्न अस्वीकार गरेपछि पार्टीमा छलफल गर्न आज रास्वपाले सचिवालय र र केन्द्रीय समिति बैठक बोलाएको हो ।

आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने छ । केन्द्रीय समितिको बैठक भोलि पनि बस्नेछ ।

बैठक दिउँसो आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने रूपन्देही कारागारमा थुनामा छन् ।

उनलाई थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै आदेश सदर गरेको छ ।