१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि सार्वजनिक यातायात खुला गरेको छ । सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन ।

सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ । अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले सिट क्षमताअनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको बताए । सार्वजनिक सवारी साधनको हकमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन । ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्न पाइने नियम छ ।

यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । सरकारले ट्याक्सीको हकमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई राख्न दिइनेछ ।

ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चलाउन पाइने प्रवक्ता खतिवडाले जनाएका छन् । सरकारले गत १० चैत २०७६ का दिन निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लकडाउन घोषणा गरेको थियो । पटक पटक थप गर्दै ३२ जेठ २०७७ सम्म लकडाउन लम्ब्याएको थियो । पछिल्लो पटक भने जोर–बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।