८ पुष २०८२, मंगलवार
,
Latest
मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन



अ+ अ-

कास्की। मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज पोखरामा आयोजित प्रदेशमा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदा निर्माणका लागि गुरुङ र मगर समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गरिएको हो ।

सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मस्यौदा तयार गरी विधेयकका रूपमा प्रदेशसभामा पेस गरिने बताए । सहमतिका साथ विवादरहित मस्यौदा विधेयकका रूपमा प्रदेशसभामा पेस गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृति देश भएकाले सबै जातजातिको संरक्षण, संवर्द्धन एवं विकास गर्नाका साथै सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धिमा आफ्नो सहयोग रहने मुख्यमन्त्रीको भनाइ छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले संविधानले दिएको अधिकार कार्यान्वयन गरी मस्यौदाका रूपमा आएपछि मात्र अन्य प्रक्रिया अगाडि बढ्ने बताए । गुरुङ र मगर भाषाको लिपि तयार गरी अगाडि बढ्न पनि उहाँले सरोकार भएका संस्थाहरूलाई आग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गुरुङ र मगर भाषाका बारेमा मस्यौदा तयार गर्नका लागि सम्बन्धित जातिका संस्था र दलहरुले सुझाव दिनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभाका उपसभामुख बीनाकुमारी थापाले मस्यौदा तयार गरी प्रक्रियागत रूपमा आउन सबैलाई सुझाव दिए । विधेयकलाई परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

तमुधिं नेपालका अध्यक्ष हुम गुरुङले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न मस्यौदा तयार गरी प्रदेश संसद्मा पेस गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो । सो अवसरमा गुरुङ एवं मगरहरूको हकहितका लागि गठित संस्थाका प्रतिनिधिले सुझाव दिएका थिए ।

मगर समाजका तर्फबाट भनाइ राख्दै खेमबहादुर पुनले प्रारम्भिक मस्यौदाका बारेमा गण्डकी प्रदेशमा बसोबास गर्ने मगरहरूबीच छलफल गरी सहमतिका आधारमा मस्यौदा बनाउनुपर्नेमा जोड दिए। नेपाल मगर सङ्घका केन्द्रीय सचिव लोकेन्द्र थापा मगरले जिल्लाजिल्लामा अन्तरक्रिया र छलफल सञ्चालन गरी परिपक्व रूपमा मस्यौदा ल्याएर संसद्मा पेस गर्ने बताए । रासस