२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सव श्रीअन्तुमा सम्पन्न, सात पत्रकार सम्मानित



अ+ अ-

इलाम – चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ। जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने सात जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रम अन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो।

समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ (रु. ५५,५५५ नगदसहित), विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. ५१,००० नगदसहित) प्रदान गरियो। त्यस्तै, रश्मि थापा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसी प्रसाद निरौलालाई कोसी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. २५,००० नगदसहित) प्रदान गरियो।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल र गौरी मल्ल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, कलाकार सङ्घ अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनक दीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठ लगायत थुप्रै विशिष्ट अतिथिहरू तथा देशभरका चलचित्र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले श्रीअन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनको लागि उपयुक्त खुला स्टुडियोका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेलाको व्यवस्थापन चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाले गरेका थिए। सङ्घका महासचिव रघुनाथ सापकोटाका अनुसार कार्यक्रम अन्तर्गत सिनेमा पर्यटन महोत्सव, कार्यशाला र अन्तरक्रिया समेत गरिएको थियो।